विपदमा परी मृत्यु हुनेको सङ्ख्या १२८ जना पुग्यो

विपदमा परी मृत्यु हुनेको सङ्ख्या १२८ जना पुग्यो

शनिवार, श्रावण ५ २०८१
शनिवार, श्रावण ५ २०८१
  • विपदमा परी मृत्यु हुनेको सङ्ख्या १२८ जना पुग्यो

    काठमाडौं । यो वर्षको मनसुन अवधिमा विपत्तिमा परेर आजसम्म १ सय २८ जनाको मृत्यु भएको छ ।

    प्रहरी प्रधान कार्यालयका अनुसार मनसुन सुरु भएको दिन गत जेठ २८ गतेदेखि आजसम्म ४२ दिनको अवधिमा अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्परी आज दिउँसोसम्म १ सय २८ जनाको मृत्यु र एक सय ४३ जना घाइते भएका छन् ।

    प्रहरी प्रवक्ता  प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौं उपत्यकामा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा २२, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ ।

    बाढीका कारण जम्मा १ सय ८२ घर डुबानमा परेका तथा २ सय २८ वटा घर, ८३ वटा गोठ, ४३ वटा पुल, एक विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ । 

    विपद्मा परी ५ सय ८९ वटा पशुचौपाया मारिएका छन् । उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार सात सय ७९ घरपरिवार विस्थापित भएका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij