सिराहा भन्सारको ९ करोड ४६ लाख राजस्व सङ्लकन

सिराहा भन्सारको ९ करोड ४६ लाख राजस्व सङ्लकन

शनिवार, श्रावण ५ २०८१
शनिवार, श्रावण ५ २०८१
  • सिराहा भन्सारको ९ करोड ४६ लाख राजस्व सङ्लकन

    काठमाडौं । सिराहा भन्सार कार्यालयले गत आर्थिक वर्षमा ९ करोड ४६ लाख ८ हजार र छोटी भन्सार कार्यालले ४६ लाख ५० हजार ३ सय ७४ गरी ९ करोड ९२ लाख ५८ हजार ३ सय ७४ रुपैयाँ राजस्व सङ्लकन गरेको छ ।

    सिराहा भन्सार कार्यालय प्रमुख तोयानाथ सापकोटाले जानकारी दिए। कार्यालयले गत आर्थिक बर्षमा ११ करोड ९९ लाख ५५ हजार राजस्व असुली गर्ने लक्ष्य लिएको थियो । 

    सिराहा भन्सार कार्यालय प्रमुख तोयानाथ सापकोटाका अनुसार आर्थिक बर्ष २०८०्/८१ मा राजस्व चुहावट, चोरी पैठारी रोक्न नियमित भन्सार गस्तीबाट ६ सय ११ मुद्दा चलाई ५ करोड ६८ लाख १३ हजार ३१ असुली भएको छ । तीमध्ये भन्सार गस्तीबाट ३३, सशस्त्र प्रहरीबाट ४ सय ९० र जनपथ प्रहरीबाट ८८ मुद्दा दर्ता भई सो रकम असुली भएको हो ।

    चालु आर्थिक बर्षमा १२ करोड १२ लाख ९२ रुपैयाँ राजस्व उठाउने लक्ष्य भन्सार कार्यालयले पाएको छ । भन्सार कार्यालय प्रमुख सापकोटाले गत वर्षको राजस्व असुलीमा आर्थिक मन्दीको प्रत्यक्ष असर परेको बताए।‘ 

    भारततर्फ जयनगर बजार जाने बाटो स्तरीय नरहेकाले ठूला गाडीमा व्यापारिक र औद्योगिक वस्तुको आयात नहुँदा पनि राजस्व असुलीमा असर परेको हो’, उनले भने, आर्थिक बर्ष २०७९्८० मा  १९ करोड ९५ लाख ४६ हजार रुपैयाँ राजस्व असुल गर्ने लक्ष्य लिएकामा ९ करोड ३६ लाख १० हजार मात्र संकलन भएको थियो । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij