आन्तरिक राजस्व कार्यालय सिरहामा लक्ष्यभन्दा कम राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालय सिरहामा लक्ष्यभन्दा कम राजस्व सङ्कलन

शनिवार, श्रावण ५ २०८१
शनिवार, श्रावण ५ २०८१
  • आन्तरिक राजस्व कार्यालय सिरहामा लक्ष्यभन्दा कम राजस्व सङ्कलन

    गोलबजार । आन्तरिक राजस्व कार्यालय सिरहाले आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब ८६ करोड ९८ लाख ७८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले राजस्व सङ्कलनको वार्षिक लक्ष्य २ अर्ब २८ करोड ८३ लाख ३५ हजार रुपैयाँ पाएको थियो । तर कार्यालयले लक्ष्यभन्दा १९.३१ प्रतिशत कम राजस्व सङ्कलन गरेको छ ।
     
    आन्तरिक राजस्व कार्यालयले आयकरबाट ५७ करोड ६३ लाख ३४ हजार रुपैयाँ, भाडा आयकरबाट १ करोड ९७ लाख ९३ हजार रुपैयाँ, ब्याजबापत १ करोड ४६ लाख ९४ हजार रुपैयाँ, मूल्य अभिवृद्धि करबापत ३८ करोड ७१ लाख ९० हजार रुपैयाँ तथा अन्तःशुल्कबापत ८७ करोड ४ लाख ५४ हजार रुपैयाँ, स्वास्थ्य क्षेत्रबाट ४ लाख ८ हजार रुपैयाँ, शिक्षा क्षेत्रबाट २ लाख १६ हजार रुपैयाँ तथा अन्य क्षेत्रबाट ७ लाख ९० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको आन्तरिक राजस्व कार्यालय लहानका प्रमुख कर अधिकृत पुण्यप्रसाद रिजालले जानकारी दिए । 
     
    कार्यालयले आर्थिक बर्ष २०७९/८० मा १ अर्ब ८२ करोड ३३ लाख ६७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । गत आर्थिक बर्षमा कार्यालयको २ अर्ब २३ करोड ४३ लाख ५८ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य थियो । तर ८१.६१ प्रतिशत मात्र राजस्व सङ्कलन गरिएको थियो । उनले भने, “देशभर व्यापार व्यवसायमा गिरावट, व्यापार बन्दलगायत कारणले राजस्व सङ्कलनमा कमी आएको हो । जिल्लामा विकास निर्माणका आयोजनामा चालु आवमा कम भुक्तानी हुँदा मूल्य अभिवृद्धिकरबापत हुने आम्दानी समेत घटेको छ ।” 

    गत आर्थिक बर्षमा मूल्य अभिवृद्धिकरबापत ४२ करोड ३५ लाख ५८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो भने आर्थिक बर्ष २०८०/८१ मा ३८ करोड ७१ लाख ९० हजार रुपैयाँ सङ्कलन भएको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ का लागि २ अर्ब २८ करोड ८३ लाख ३५ हजार रुपैयाँ राजस्व सङ्कलनको वार्षिक लक्ष्य पाएको प्रमुख कर अधिकृत रिजालले बताए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij