चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्यो

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्यो

शनिवार, श्रावण ५ २०८१
शनिवार, श्रावण ५ २०८१
  • चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्यो

    चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढेको छ । आर्थिक वर्ष २०८०/८१ मा मा ३ लाख ६ हजार ८ सय ३७ पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा  २ लाख ९९ हजार ४ सय १२ पर्यटकले मात्र निकुञ्जको भ्रमण गरेका थिए । 

    निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षभन्दा ७ हजार ४ सय २५ बढी पर्यटक निकुञ्ज भित्रिएका हुन् । गत आर्थिक वर्षमा १ लाख ७६ हजार ३ सय १६ आन्तरिक पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए । आर्थिक बर्ष २०७९/८० मा  २ लाख ५ हजार ६ सय ५ आन्तरिक पर्यटक यहाँ घुम्न आएका थिए ।

    गत आर्थिक वर्षमा सार्क मुलुकका ३६ हजार ४ सय ७१ तथा आर्थिक बर्ष २०७९/८० मा ३७ हजार ९ सय ३५ पर्यटक भित्रिएका थिए । अन्य मुलुकका विदेशी पर्यटक गत आर्थिक वर्षमा ९४ हजार ५० यहाँ घुम्न आएका थिए भने आर्थिक बर्ष २०७९/८० मा ५५ हजार ८ सय ७२ जनाले निकुञ्जको अवलोकन गरेका थिए । आर्थिक बर्ष २०७८/७९ मा १ लाख ९० हजार ४ सय ५८ पर्यटक निकुञ्ज भित्रिएका सूचना अधिकारी तिवारीले जानकारी दिए । 
     
    गत आर्थिक बर्षमा अघिल्लो आवको तुलनामा तेस्रो मुलुकका पर्यटकको यहाँ आगमन बढेको पाइएको छ । निकुञ्जमा पर्यटकको आगमन बढेसँगै राजस्वमा समेत वृद्धि भएको छ । सूचना अधिकारी तिवारीका अनुसार गत आर्थिक बर्षमा पर्या–पर्यटनबाट ३० करोड ५७ लाख आर्थिक बर्ष  राजस्व सङ्कलन भएको छ । अघिल्लो आर्थिक बर्षमा यो रकम २२ करोड ९४ लाख रुपैयाँ रहेको थियो । आर्थिक बर्ष २०७८/७९ मा १ लाख ९० हजार ४ सय ५८ पर्यटक निकुञ्ज भित्रिएका थिए । यो आर्थिक बर्षमा ११ करोड ४९ लाख ९७ हजार ४ सय १३ आर्थिक बर्ष राजस्व सङ्कलन भएको थियो ।
     
    यसैगरी आर्थिक बर्ष २०७७/७८ मा ९८ हजार ९ सय २८ पर्यटक भित्रिँदा ३ करोड ५० लाख ८३ हजार ३ सय ७६ रुपैयाँ राजस्व सङ्कलन भएको थियो । आर्थिक बर्ष २०७६/७७ मा १९ करोड ९२ लाख ५५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो । निकुञ्ज स्थापनासँगै आर्थिक बर्ष २०३१/३२ देखि पर्यटकको तथ्याङ्क राख्न थालिएको हो । सो आर्थिक बर्षमा आठ सय ३६ पर्यटकले मात्र निकुञ्ज घुमेको तथ्याङ्क छ । सो आर्थिक बर्षमा १ लाख ४० हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो । आर्थिक बर्ष २०३२/३३ मा २ हजार दुई सय ६ पर्यटकले निकुञ्जको भ्रमण गर्दा २ लाख १ हजार रुपैयाँ राजस्व सङ्कन भएको थियो ।
     
    सन् २०२४ लाई भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्षका रुपमा मनाइरहेको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा भ्रमण वर्षको प्रचार भइरहेकाले यहाँ आउने पर्यटकको सङ्ख्या बढेको बताए । भ्रमण वर्षमा आउने पर्यटकको मुख्य गन्तव्य निकुञ्ज रहेको उनले उल्लेख गरे ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij