जनमत पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

जनमत पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

शुक्रवार, श्रावण ४ २०८१
शुक्रवार, श्रावण ४ २०८१
  • जनमत पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

    काठमाडौं । जनमत पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ । शुक्रबार पार्टीको बैठकले प्रधानमन्त्रीले मागेको विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । जनमतका ६ सांसद छन् ।

    प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने कार्यसूची छ । केन्द्र सरकारमा जनमत हालसम्म सहभागी भएको छैन ।

    तर मधेश प्रदेशमा कांग्रेस र एमालेको साथमा जनमतले सरकारको नेतृत्व गरिरहेको छ । मधेश सरकारले बिहीबार मात्रै पूर्णता पाएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij