नाला खन्ने क्रममा पुरिएर दुईको मृत्यु

नाला खन्ने क्रममा पुरिएर दुईको मृत्यु

शुक्रवार, श्रावण ४ २०८१
शुक्रवार, श्रावण ४ २०८१
  • नाला खन्ने क्रममा पुरिएर दुईको मृत्यु

    काठमाडौं । मुस्ताङमा ढिस्कोले पुरिएर शुक्रबार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    मृत्यु हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १५ का २३ वर्षीय होमबहादुर बुढाथोकी र दाङको गढवा गाउँपालिका वडा नं. १ का २३ वर्षीय रवि दर्लामी छन् ।

    जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार घरपझोङ गाउँपालिका वडा नं. ५ ढुम्बामा गुम्बाको नाला खन्ने क्रममा ढिस्को झरेर उनीहरू पुरिएका थिए ।

    दुवै शव पोष्टमार्टमका लागि मुस्ताङ जिल्ला अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij