मकवानपुर । बागमती प्रदेशमा हालसम्म ७० प्रतिशत रोपाइँ सकिएको छ । प्रदेशको १३ जिल्लामा साउन १ गतेसम्म ७० प्रतिशत अर्थात ७९ हजार २ सय ५७ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय हेटौँडाले जनाएको छ ।
मन्त्रालयका अनुसार, कूल १ लाख १४ हजार ५ सय ६१ हेक्टर धान खेतीयोग्य जमिन मानिने बागमतीमा ७९ हजार २ सय ५७ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको हो । मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीका अनुसार, सबैभन्दा बढी रोपाइँ दोलखामा र सबैभन्दा कम रोपाइँ धादिङमा भएको छ ।
दोलखामा २ हजार ४ सय ७६ हेक्टर र धादिङमा ६ हजार ४६ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । काठमाडौंमा ५ हजार ३७ हेक्टर, भक्तपुरमा २ हजार ७ सय १५ हेक्टर, चितवनमा १८ हजार ८ सय ७८ हेक्टर, मकवानपुरमा ५ हजार ८ सय ५९ हेक्टर र नुवाकोटमा ७ हजार ७ सय ५८ हेक्टर जमिनमा धान रोपाइँ सम्पन्न भएको छ ।
सिन्धुलीमा ८ हजार ५६ हेक्टर, रामेछापमा ५ हजार १ सय ८७ हेक्टर, काभ्रेपलान्चोकमा ७ हजार ४ सय ३३ हेक्टर, रसुवामा ७ सय ८३ हेक्टर र सिन्धुपाल्चोकमा पाँच हजार सात सय हेक्टर जमिनमा धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।