होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन

होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन

बिहिवार, श्रावण ३ २०८१
बिहिवार, श्रावण ३ २०८१
  • होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन

    काठमाडौं । काठमाडौंको बत्तीसपुतलीमा रहेको हेरिटेज होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ । उपचारको क्रममा उनको ९१ वर्षको उमेरमा बिहीबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो ।

    निमोनियाबाट पीडित श्रेष्ठ दुई महिनायता उपचाररत थिइन् । ६५ वर्षदेखि होटल तथा पर्यटन उद्योगमा सक्रिय श्रेष्ठले सन् १९९१ देखि पूर्ण रूपमा द्वारिकाजको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । उनका दुई छोरी छन् । श्रीमान् र छोराको यसअघि निधन भइसकेको छ ।

    श्रेष्ठसँग पर्यटन उद्योगका विभिन्न संघसंगठनमा नेतृत्वदायी भूमिका रहेर लामो समय काम गरेको अनुभव छ । श्रेष्ठले द्वारिकाजको नाममा काठमाडौं र धुलिखेलमा होटल चलाउँदै आएकी थिइन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij