१ वर्षमा रोजगारीका लागि विदेशिए ७ लाख ४१ हजार युवा

१ वर्षमा रोजगारीका लागि विदेशिए ७ लाख ४१ हजार युवा

बिहिवार, श्रावण ३ २०८१
बिहिवार, श्रावण ३ २०८१
  • १ वर्षमा रोजगारीका लागि विदेशिए ७ लाख ४१ हजार युवा

    काठमाडौं । वैदेशिक रोजगारीका लागि पछिल्लो एक बर्षमा ७ लाख ४१ हजार २ सय ९७ जना नेपाली श्रमिक विदेश गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष (२०८०/८१) मा नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृती लिएर उक्त संख्यामा नेपाली बाहिरिएका हुन् ।

    जसमा ४ लाख ६० हजार १ सय २ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने २ लाख ८१ हजार १ सय ९५ जनाले श्रम नवीकरण गरेका छन् । जुन आर्थिक बर्ष २०७९/८० को तुलनामा यो संख्या थोरैले कम हो । २०७९÷८० मा ७ लाख ७१ हजार युवा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए ।

    कुन महिना कति गए ? 

    विभागका अनुसार गत आर्थिक वर्षको साउनमा ५५ हजार ५ सय ७५, भदौमा ५० हजार ८ सय ८४, असोजमा ५६ हजार २ सय ३५, कात्तिकमा ४३ हजार ६२२, मंसिरमा ६८ हजार २ सय १ र पुसमा ६५ हजार ८ सय १३ नेपाली रोजगारीका क्रममा विदेशिएका छन् ।

    त्यस्तै माघमा ६२ हजार १ सय ४७, फागुनमा ६५ हजार ६ सय ५८, चैतमा ७० हजार ९ सय ३३, वैशाखमा ७० हजार ६ सय ३७, जेठमा ७२ हजार ६ सय र असारमा ५८ हजार ७ सय ३६ वैदेशिएको तथ्यांक छ ।

    यूएई बन्यो पहिलो गन्तव्य

    पछिल्ला सयम वैदेशिक रोजगारीका लागि यूएई नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य बनेको छ । यूएईमा मात्रै गत आर्थिक बर्षमा १ लाख ९३ हजार ४ सय ३९ जना श्रम स्वीकृति लिएर गएका छन् । त्यस्तै मलेसियामा १ लाख ५१ हजार ३ सय ९५ जना रोजगारीका लागि गएका छन् । त्यसपछि क्रमशः साउदी अरब, कतार, कुवेत जानेहरू छन् ।

    पछिल्ला वर्षमा नेपाली युवाहरू कामको खोजीमा युरोपेली मुलुकसमेत जान थालेका छन् । विभागका अनुसार गत वर्ष क्रोएसिया, रोमानिया, साइप्रस, माल्टा, पोर्चुगल लगायत मुलुकका लागि थुप्रै नेपालीले श्रम स्वीकृति लिएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij