काठमाडौंको नयाँ बानेश्वरमा गुडिरहेको बसमा धुवाँको मुस्लो

काठमाडौंको नयाँ बानेश्वरमा गुडिरहेको बसमा धुवाँको मुस्लो

बिहिवार, श्रावण ३ २०८१
बिहिवार, श्रावण ३ २०८१
  • काठमाडौंको नयाँ बानेश्वरमा गुडिरहेको बसमा धुवाँको मुस्लो

    काठमाडौं । काठमाडौंको बानेश्वरमा गुडिरहेको बसमा धुवाँको मुस्लो निस्केको छ। भक्तपुरबाट काठमाडौ आइरहेको प्रदेश ३ ०१ ००५ ख ९५५४ नम्बरको सार्वजनिक बस बानेश्वर चोकमा गुडिरहेको अवस्थामा धुवाँको मुस्लो निस्केको हो।

    धुवाँको मुस्लो निस्केको देखेपछि यात्रुहरू बसबाट झरेका थिए। चालकले बस स्टार्ट बन्द गर्दा पनि केही बेरसम्म स्टार्ट बन्द नभएता पनि बस आगलागी हुनबाट भने जोगिएको छ। 

    इन्जिनबाट धुँवाको मुस्लो निस्किन थालेपछि बसलाई रोकेर यात्रुहरु ओरालिएको र मेकानिक्स बोलाएर मर्मतको काम भइरहेको छ । के कारणले बसमा धुवाँको मुस्लो आयो भन्ने खुलेको छैन।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij