पुरानो मेडिकल कलेजको तीन तलाबाट हाम फालेका बिरामीको मृत्यु

पुरानो मेडिकल कलेजको तीन तलाबाट हाम फालेका बिरामीको मृत्यु

बिहिवार, श्रावण ३ २०८१
बिहिवार, श्रावण ३ २०८१
  • पुरानो मेडिकल कलेजको तीन तलाबाट हाम फालेका बिरामीको मृत्यु

    काठमाडौं । चितवनको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) भरतपुरको तेस्रो तलाबाट हाम फालेका विरामीका मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको हुप्सेकोट गाउँपालिका–२ घर भएका ७६ वर्षीय बलबहादुर खाम्चा मगर रहेका छन् ।

    मगरले बिहीबार बिहान कलेजको ए ब्लकको तेस्रो तलाको झ्यालबाट हाम फालेका थिए । साउन २ गते अस्पतालमा भर्ना भई क्यान्सर सम्बन्धी रोगको उपचार गराइरहेका थिए ।

    प्रहरीका अनुसार अस्पताल भवनबाट हाम फालेर घाइते भएका मगरको उपचारको क्रममा मृत्यु भएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij