सञ्चारकर्मी सञ्जितामाथि कुटपिट गरेको आरोपमा हर्क साम्पाङका ५ समर्थक पक्राउ

सञ्चारकर्मी सञ्जितामाथि कुटपिट गरेको आरोपमा हर्क साम्पाङका ५ समर्थक पक्राउ

बिहिवार, श्रावण ३ २०८१
बिहिवार, श्रावण ३ २०८१
  • सञ्चारकर्मी सञ्जितामाथि कुटपिट गरेको आरोपमा हर्क साम्पाङका ५ समर्थक पक्राउ

    काठमाडौं । धरानमा कार्यरत सञ्चारकर्मी सञ्चिता धमलालाई कुटपिट गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेकी धमलालाई आक्रमण गर्ने ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    कुटपिट गर्ने समूह मेयर हर्क साम्पाङका समर्थक रहेको धमलाले आरोप लगाएकी छन् ।

    केही दिनदेखि मेयर साम्पाङ र धमला बीच विवाद हुँदै आएको थियो ।

    विवादपछि मेयर साम्पाङले महिलाहरूलाई धमलाविरुद्ध आन्दोलन गर्न उक्साउँदै सामाजिक सञ्जालमा स्टाटस लेख्दै आएका थिए ।

    केही समयअघि पत्रकार धमलाले धरानमा वेश्यावृत्ति बढेको टिप्पणी गरेकी थिइन् । सोही विषयलाई लिएर मेयर साम्पाङ्ले महिलाहरुको अपमान गरेको भन्दै धमलाविरुद्ध आक्रामण गराउन महिलाहरुलाई उक्साउदै आएका थिए ।

    कुटपिटमा संलग्न महिलाहरू पक्राउ परेपछि मेयर साम्पाङ्ले फेसबुकमा 'सुनसरी प्रहरी निर्दोष दिदी बहिनीहरूलाई विना सर्त रिहा गर' भनेर पाेष्ट गरेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij