बाढी पहिरोले ७ वटा राजमार्गका १७ ठाउँमा पूर्ण अवरोध, १ सय ५२ ठाउँमा एकतर्फी

बाढी पहिरोले ७ वटा राजमार्गका १७ ठाउँमा पूर्ण अवरोध, १ सय ५२ ठाउँमा एकतर्फी

बुधवार, श्रावण २ २०८१
बुधवार, श्रावण २ २०८१
  • बाढी पहिरोले ७ वटा राजमार्गका १७ ठाउँमा पूर्ण अवरोध, १ सय ५२ ठाउँमा एकतर्फी

    काठमाडौं । बर्खायाम शुरु भएपछि बाढी र पहिरोले अवरोध पुर्‍याएका राजमार्गमध्ये १७ वटा अझै पनि पूर्णरूपमा अवरुद्ध रहेका छन् ।

    सडक विभागका अनुसार बर्खायाम शुरु भएपछि दुई सय ९६ ठाउँको सडक अवरुद्ध भएकोमा सात वटा राजमार्गका १७ ठाउँको सडक अझै पूर्णरूपमा अवरुद्ध रहेका हुन् । एक सय ५२ ठाउँको सडक एकतर्फी मात्रै सञ्चालनमा रहेको छ । एक सय २७ ठाउँको अवरोध भने पूर्णरूपमा हटाइएको छ ।

    कोशी राजमार्ग सङ्खुवासभाको समाटारमा, डुम्रे–बेसीशहर–चामे सडक लमजुङको तिमाङमा, तानसेन–रिडी–कोरला सडक स्याङ्जाको रातोडाँडा बिसोनामा, पुष्पलाल (मध्यपहाडी) राजमार्ग बाग्लुङको काउछे मनेवामा, तानसेन–रिडी–कोरला सडक बाग्लुङको दलव्याङ भीरमा सडक अवरुद्ध छ । त्यस्तै पुष्पलाल (मध्यपहाडी) राजमार्ग डोटीको रामपुर र रदुवावामा तथा बाग्लुङको बोक्सेमा सडक अवरुद्ध छ । तानसेन–रिडी–कोरला सडक गुल्मीको बर्दरे खोलामा पनि सडक अवरुद्ध रहेको विभागले जनाएको छ । सडक खुलाउने काम भइरहेको छ ।

    अवरुद्ध नभएका सडकमा पनि कतिपय ठाउँमा जोखिमपूर्ण रहेकोले अत्यावश्यक नपरी यात्रा नगर्न र यात्रा गर्दा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij