प्रधानमन्त्री ओलीले साउन ६ गते संसद्‌मा विश्वासको मत लिने

प्रधानमन्त्री ओलीले साउन ६ गते संसद्‌मा विश्वासको मत लिने

बुधवार, श्रावण २ २०८१
बुधवार, श्रावण २ २०८१
  • प्रधानमन्त्री ओलीले साउन ६ गते संसद्‌मा विश्वासको मत लिने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते आइतबार प्रतिनिधिसभा संसदमा विश्वासको मत लिने भएका छन् ।

    संविधानतः प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने भए पनि नियुक्तिको एक सातामै विश्वासको मत लिन लागेका हुन् ।

    ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएर भोलिपल्ट शपथग्रहण गरेका थिए । केही मन्त्री र सत्तापक्षका सचेतकहरूसँग ओलीले छलफल गरेपछि विश्वासको मत लिने तय भएको हो ।

    प्रधानमन्त्री ओली विश्वासको मत लिइहाल्ने तयारीमा रहेको एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij