सिमलताल पहिरो : मृतकका परिवारलाई एक लाख दिइने

सिमलताल पहिरो : मृतकका परिवारलाई एक लाख दिइने

बुधवार, श्रावण २ २०८१
बुधवार, श्रावण २ २०८१
  • सिमलताल पहिरो : मृतकका परिवारलाई एक लाख दिइने

    महेन्द्रनगर । मधेस प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई रु एक लाखका दरले राहत दिने भएको छ ।

    मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले मधेस प्रदेशका जिल्लाका मृतकका पीडित परिवारलाई प्रतिव्यक्ति १ लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने बताए । 

    “दुर्घटनामा परी ज्यान गुमाउनेका पीडितपरिवारलाई राहत दिने घोषणा गरेका छौँ”, मुख्यमन्त्री सिंहले रासससित कुरा गर्दै भने, “मुख्यमन्त्री कार्यालयले घोषणा गरिसकेको छ ।” मुख्यमन्त्री सिंहले प्रमुख जिल्ला अधिकारीको सिफारिसका आधारमा सो राहत रकम प्रदान गर्ने बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij