कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी एक भारतीयसहित दुईजनाको मृत्यु

कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी एक भारतीयसहित दुईजनाको मृत्यु

बुधवार, श्रावण २ २०८१
बुधवार, श्रावण २ २०८१
  • कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी एक भारतीयसहित दुईजनाको मृत्यु

    काठमाडौं । कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । सदरमुकाम महेन्द्रनगर बजारको सिचाँई कार्यालय नजिक र दोधारा चाँदनीमा गरी छुट्टाछुटै दुर्घटना परि एक भारतीय नागरिक र एक नेपालीको मृत्यु भएको हो ।

    मंगलबार मोटरसाईकल दुर्घटनामा परेर घाईते भएका दुवै जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीका अनुसार यूके ०३ ए ९०३४ नम्बरको मोटरसाईकलमा सवार चम्पावत मिना बजार बनबासाका अन्दाजी ३० बर्षिया चाँप पुरैसीको पुर्व पश्चिम् महेन्द्र राजमार्गमा पर्ने महेन्द्रनगर गड्डाचौकी सडक खण्डको सिचाइ कार्यालय क्षेत्रमा छाडा पशु चौपायासंग ठोकिएर घाईते भएको र उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ ।

    यस्तै सोही दिन दोधारा चाँदनी नगरपालिका–४ चाँदनीमा यूके ०६ बिएच ४८७५ नम्बरको मोटरसाईकलमा सवार दुई मध्ये एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोधारा चाँदनी नगरपालिका–४ कञ्जभोज बस्ने अन्दाजि २५ बर्षिया सुरज सुनार रहेका छन् । भने अर्का सोहि ठाउँका अन्दाजि ४५ बर्षिया गोपाल सुनार घाईते छन् । उनको अहिले उपचार भईरहेको कञ्चनपुर प्रहरीले जनाएकाे छ ।

    सुरजको दोधारा चाँदनी अस्पतालमा मृत्यु भएको र अर्का घाईतेको महाकाली अस्पतालमा उपचार भईरहेको छ । उनीहरू सवार मोटरसाईकल आफै अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij