वायुसेवा निगमद्वारा ४३ करोड ९ लाख ऋण भुक्तानी

वायुसेवा निगमद्वारा ४३ करोड ९ लाख ऋण भुक्तानी

बुधवार, श्रावण २ २०८१
बुधवार, श्रावण २ २०८१
  • वायुसेवा निगमद्वारा ४३ करोड ९ लाख ऋण भुक्तानी

    काठमाडौं । नेपाल वायु सेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको किस्तामध्ये ४३ करोड ९ लाख रुपैयाँ भुक्तानी गरेको छ । 

    ऋण दायित्वमध्ये दुई न्यारोबडी जहाजको २०८१ असार महिनाको किस्ताबापत पूरा र वाइडबडी जहाजको आंशिकगरी ४३ करोड नौ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपश्चात् निगमले २०८१ असारसम्मको अवधिमा ५ अर्ब ७९ करोड ७६ लाख ४२ हजार २४९ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको जनाइएकाे छ ।

    विश्वव्यापी कोरोना भाइरसका कारण निगमको व्यापारमा समेत प्रतिकूल असर परेको अवधिको व्याजको व्याज, हर्जाना र पेनल छुट गर्न निगमले दुई कोषलाई आग्रह गरेको छ । 

    यस्तै किस्ताको सङ्ख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन समेत निगमले दुवै कोषलाई अनुरोध पत्र पठाएको जनाइएकाे छ ।

    निगमले अन्तर्राष्ट्रिय उडानका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर दुई न्यारोबढी र दुई वाइडबडी जहाज खरिद गरेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij