जग्गा कारोबार बढेसँगै भद्रपुर मालपोतमा राजस्व वृद्धि

जग्गा कारोबार बढेसँगै भद्रपुर मालपोतमा राजस्व वृद्धि

मंगलवार, श्रावण १ २०८१
मंगलवार, श्रावण १ २०८१
  • जग्गा कारोबार बढेसँगै भद्रपुर मालपोतमा राजस्व वृद्धि

    भद्रपुर । भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८०/८१ मा ८० करोड ५८ लाख १४ हजार ५ सय ९२ रुपैयाँ राजश्व सङ्कलन गरेको छ । ३६ हजार ८ सय ७५ थान रजिष्ट्रेशन पारितबाट उक्त आम्दानी भएको हो । 

    आर्थिक वर्ष २०८०/८१ मा स्थानीय तहले जग्गा वर्गीकरण गरी कित्ताकाट सुरु भएसँगै जग्गाको कारोबार बढेकाले राजस्व बढेको मालपोत कार्यालयका सूचना अधिकारी राजु दाहालले बताए । “गत आर्थिक वर्ष २०७९/८० को तुलनामा २२ करोड १२ लाख ६९ हजार १ सय ९९ आर्थिक वर्षले राजस्व वृद्धि भएको छ”, उनले भने । गत आर्थिक वर्षमा ५८ करोड ४५ लाख ४५ हजार ३ सय ९३ आर्थिक वर्ष राजस्व सङ्कलन भएको थियो ।  

    आर्थिक वर्ष २०८०/८१ मा सेवा करवापत ७ करोड ५१ लाख ३९ हजार ४ सय ७६ रुपैयाँ, रजिष्ट्रेशन दस्तुरबाट ४७ करोड ३० लाख ३० हजार ५ सय ५४ रुपैयाँ, छुटवापत ६ करोड २७ लाख ८७ हजार ६ सय १२ रुपैयाँ, डोर सुविधा शुल्क १ लाख ८९ हजार रुपैयाँ, पुँजीगत लाभकर ३२ करोड १ लाख २५ हजार २ सय ६७ रुपैयाँ र विलम्ब शुल्कवापत १ लाख १७ हजार ९ सय ६ रुपैयाँ राजस्व सङ्कलन गरिएको उनले जानकारी दिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij