१० निजी मेडिकल कलेज स्वास्थ्य बीमामा आवद्ध

१० निजी मेडिकल कलेज स्वास्थ्य बीमामा आवद्ध

मंगलवार, श्रावण १ २०८१
मंगलवार, श्रावण १ २०८१
  • १० निजी मेडिकल कलेज स्वास्थ्य बीमामा आवद्ध

    काठमाडौं । आजदेखि १० वटा  निजी मेडिकल कलेज तथा शिक्षण अस्पतालले पुनः स्वास्थ्य बीमा अन्तरगत सेवा दिने भएका छन् ।  २ वटा आँखा अस्पताल सहित १२ वटा स्वास्थ्य संस्थामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा आएको छ ।

    स्वास्थ्य बीमा बोर्डसँग भएको सम्झौता अनुसार नै यी संस्थाले आजबाट स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याउनेछन् ।

    बीमा बोर्डका अनुसार सेवा दिने गरी स्वास्थ्य बीमा कार्यक्रम लागू भएका ती अस्पतालहरुमा काठमाडौं मेडिकल कलेज टिचिङ हस्पिटल (केएमसी अस्पताल) सिनामंगल काठमाडौं, मनमोहन मेडिकल कलेज शिक्षण अस्पताल सितापाइला काठमाडौं, नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटी र किष्ट मेडिकल कलेज टिचिङ हस्पिटल ग्वार्को रहेका छन् । 

    यस्तै उपत्यका बाहिरका मेडिकल कलेजहरुमा बीएण्डसी मेडिकल कलेज शिक्षण अस्पताल झापा, नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल बिराटनगर, बिराट मेडिकल कलेज शिक्षण अस्पताल बिराटनगर, चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुर, देवदह मेडिकल कलेज खैरेनी रुपन्देही, र नेपालगञ्ज मेडिकल कलेज बाँके रहेका छन् ।

    यस्तै आजबाट स्वास्थ्य बीमा सञ्चालन हुने दुई वटा आँखा अस्पतालहरुमा बिर्ताज्योति आईकेयर प्रालि झापा र दृष्टि आई अस्पताल पोखरा रहेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij