जापानमा प्राविधिक कामदार पठाउने संस्थालाई सुचीकरण हुन आह्वान

जापानमा प्राविधिक कामदार पठाउने संस्थालाई सुचीकरण हुन आह्वान

मंगलवार, श्रावण १ २०८१
मंगलवार, श्रावण १ २०८१
  • जापानमा प्राविधिक कामदार पठाउने संस्थालाई सुचीकरण हुन आह्वान

    काठमाडौं ।  वैदेशिक रोजगार विभागले जापानमा प्राविधिक कामदार पठाउने संस्थाहरूलाई सूचीकृत हुन आह्वान गरेको छ ।

    विभागले जारी गरेको सूचनाअनुसार वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजत पत्र प्राप्त गरी वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ३ बमोजिम योग्यता पुगेका इजाजतपत्रवाला संस्थाहरूले निवेदन दिन सक्नेछन् ।

    ‘नेपाली प्राविधिक अभ्यासार्थी जापान पठाउने निर्देशिका, २०६६ (दोस्रो संशोधन २०७१) को दफा १६ को उपदफा (२) तथा (३) बमोजिम सूचीकृत हुनको लागि १५ दिनभित्र विभागमा निवेदन दिन अनुरोध गरिएको छ,’ सूचनामा भनिएको छ ।

    विभागले यसअघि सूचीकृत भई नवीकरण बहाल रहेका इजाजतपत्रवाला संस्थाहरूले भने पुनः सूचीकृत हुनु नपर्ने जनाएको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij