जनकपुरधाम उपमहानगरले ल्यायो ३ अर्ब ३ करोडको बजेट

जनकपुरधाम उपमहानगरले ल्यायो ३ अर्ब ३ करोडको बजेट

मंगलवार, श्रावण १ २०८१
मंगलवार, श्रावण १ २०८१
  • जनकपुरधाम उपमहानगरले ल्यायो ३ अर्ब ३ करोडको बजेट

    जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि ३ अर्ब ३ करोड ३२ लाख ४० हजार रुपैयाँको बजेट ल्याएको छ ।

    नगर उपप्रमुख किशोरी साहले नगरसभाको आज १२औँ अधिवेशनमा पेस गर्नुभएको बजेटमा चालुतर्फ २ अर्ब ६ करोड ३४ लाख ८९ हजार रुपैयाँ तथा पुँजीगततर्फ ९६ करोड ९७ लाख ५१ हजार रुपैयाँ विनियोजन गरिएको उल्लेख गरिएको छ ।

    चालुतर्फको शीर्षक बजेटमा सामाजिक सुरक्षाबापतको ५० करोड रुपैयाँ र युआरएलआइपी प्रोजेक्टका लागि ४७ करोड रुपैयाँ समावेश गरिएको नगर उपप्रमुख साहले पेस गरेका बजेटमा उल्लेख गरिएको छ ।

    बजेटको स्रोतमा आन्तरिक स्रोतबाट २१ करोड ७२ लाख ७३ हजार रुपैयाँ, घरजग्गा रजिष्ट्रेसन दस्तुरबापत १५ करोड रुपैयाँ, नेपाल सरकारको राजस्व बाँडफाँटबाट २० करोड ९६ लाख रुपैयाँ, प्रदेश सरकारको राजस्व बाँडफाँटबाट १ करोड ८८ लाख ८५ हजार रुपैयाँ, नेपाल सरकारको समानीकरण अनुदानबापत ३१ करोड ४४ लाख रुपैयाँ, प्रदेश सरकारको समानीकरण अनुदानबाट २ करोड ४३ लाख ७ हजार रुपैयाँ, बैंक मौज्दातबाट ३८ करोड रुपैयाँ र सडक बोर्ड नेपालबाट १ करोड १९ लाख ९८ हजार रुपैयाँ बेहोरिने उल्लेख रहेको छ ।

    प्रस्तुत गरिएको बजेटले जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने, नगरको भौतिक पूर्वाधार विकासलाई गति प्रदान गर्ने, आमनगरवासीलाई गुणस्तरीय शिक्षा र आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने र लैङ्गिक समानता, सामाजिक समावेशीकरण र सामाजिक सुरक्षामार्फत विभेदयुक्त समाजको निर्माण गर्ने उल्लेख रहेको छ ।

    यसैगरी बजेटले रोजगारी सृजना र गरिबी न्यूनीकरण टेवा पुर्याउने, पर्यटन प्रवद्र्धनगरी नगरलाई आकर्षक पर्यटनको गन्तव्यस्थल बनाउने, सुशासन प्रवद्र्धन तथा संस्थागत सवलीकरणमा जोड दिने, कृषि उद्योगको विकास र उद्यमशीलताको प्रवद्र्धन गर्ने, स्वच्छ, सुन्दर, सरसफाइयुक्त नगरको विकास गर्ने, साझा, सुन्दर, समृद्ध हरित सहर बनाउने, ग्रामीण सडक तथा पुलको निर्माण गर्ने लक्ष्य लिएको छ ।

    नगर प्रमुख मनोजकुमार साहले प्रस्तुत भएको नीति तथा कार्यक्रमसहितको बजेटले जनकपुरधामको विकास निर्माणमा गति पुग्नुका साथै सुन्दर, स्वच्छ जनकपुरधामको निर्माणमा मद्दत पुग्ने आशा व्यक्त गरे । नगरसभामा नगर सचिव एवं प्रमुख प्रशासकीय अधिकृत मिहिलाल यादवसहितको नगरसभाका सदस्यको सहभागिता रहेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij