बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु, एक वेपत्ता

बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु, एक वेपत्ता

मंगलवार, श्रावण १ २०८१
मंगलवार, श्रावण १ २०८१
  • बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु, एक वेपत्ता
     
    रुकुमपश्चिम । रुकुमपश्चिममा गएराति आएको बाढीले घर बगाउँदा पुरिएका तीन बालिकाको ज्यान गएको छ । थप एक जना वेपत्ता भएका छन् भने सात जना घाईते भएका छन् । 
     
    जिल्लाको आठविसकोट नगरपालिका १२ को झिन्चौर बगरमा झिन्चौर खोलामा आएको बाढीले घर बगाउँदा तीन बालिकाको पुरिएर न्यान गएको हो ।  बाढीले घर बगाउँदा पुरिएर मृत्यु हुनेमा १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनिषा सार्कीको रहेको प्रहरीले जनाएको छ ।
     
    बाढीले घर बगाउँदा  ४० वर्षीय डिल्लीबहादुर बुढाथोकी वेपत्ता भएका छन् । उनको खोजी कार्य भइरहेको जनाइएको छ । लेदोसहितको बाढीले घर पुरिएपछि  डोजर लगाएर लेदो हटाउने तयारी भइरहेको छ। 
     
    बाढीमा परेर घाइते भएका सात जनाको आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको छ । घाईते हुनेमा स्थानीय १२ वर्षीय विनय सार्की, २२ वर्षीया मनिषा पुन, २९ वर्षीय जनक खत्री, छ वर्षीया मनसरी पुन, चार वर्षीय मेक्सन पुन, २८ वर्षीया  धनमाया पुन र ६५ वर्षीया कल्पना कामी रहेको प्रहरीले जनाएको छ ।
     
    घटनाको पूर्ण विवरण सङ्कलन जारी रहेको  र  घटनास्थलमा सुरक्षाकर्मी, स्थानीयवासीलगायतले बेपत्ताको खोजी गरिरहेको जनाइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij