काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट देशवासीलाई सम्बोधन गर्ने भएका छन् । उनले आगामी साउन ६ गते आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीको हैसियतमा देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् ।
चौँथो पटक प्रधामन्त्री भएपछि उनले सरकारका प्राथमिकता, नयाँ गठबन्धन बनाउनु परेको अवस्था लगायतका विषयमा सम्बोधन गर्ने तयारी गरेका छन् ।