रौतहटस्थित बागमती नदीमा नुहाउन गएका बालक बेपत्ता

रौतहटस्थित बागमती नदीमा नुहाउन गएका बालक बेपत्ता

सोमवार, आषाढ ३१ २०८१
सोमवार, आषाढ ३१ २०८१
  • रौतहटस्थित बागमती नदीमा नुहाउन गएका बालक बेपत्ता

    काठमाडौं । रौतहटको गढीमाई नगरपालिका लक्ष्मीपुरघाटस्थित बागमती नदीमा नुहाउन गएका एक बालक बेपत्ता भएका छन् । नुहाउन गएका तीन जनामध्ये १० वर्षीय एक बालक बेपत्ता भएका हुन् । 

    आफूसँगै गएको साथी डुबेको ती दुई बालकले परिवारलाई खबर गरेका थिए । खबर पाएलगत्तै बालकको खोजी गरिरहेको सशस्त्र प्रहरी बलले जनाएको छ । बेपत्ता बालकको खोजीका लागि सशस्त्र प्रहरी निरीक्षक भुवन घिमिरेको कमान्डमा ३० जनाको टोली खटेको छ ।

    पानीमा डुबेर बाहिर निस्किएका अर्का एक बालकको स्थानीय अस्पतालमा उपचार भइरहेको र उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij