मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

सोमवार, आषाढ ३१ २०८१
सोमवार, आषाढ ३१ २०८१
  • मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

    काठमाडौं । धनुषामा मोटरसाइकल दुर्घटनामा परी नेपाल प्रहरीका एक जवानको मृत्यु भएको छ । आइतबार साँझ साढे पाँच बजेतिर ढल्केबर-जनकपुर सडकमा मोटरसाइकल दुर्घटना हुँदा सप्तरीको महदेवा गाउँपालिका–६ घर भएका २८ वर्षीय प्रहरी जवान पंकज कुमार यादवको मृत्यु भएको हो ।

    आइतबार सप्तरीबाट महोत्तरी फर्किने क्रममा यादव आफैंले चलाउँदै आएको को २७ प ९६८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर भएर दुर्घटना हुँदा उनको मृत्यु भएको धनुषा प्रहरीले जनाएकाे छ । उनी मोटरसाइकलमा एक्लै सवार थिए । 

    मृतक प्रहरी जवान यादवका आफन्तका अनुसार उनी आमाबुबाको एक्लो छोरा थिए । उनका ७ वर्षको छोरा र ३ वर्षकी छोरी गरी दुई सन्तान रहेको छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij