काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोलस्थित रातामकै चोकबाट जुवातास खेलेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा २५ वर्षीय साजन गिरी, ३३ वर्षीय तस्वीर श्रेष्ठ, ३५ वर्षीय खेमबहादुर बुढाथोकी, ३७ वर्षीय निल श्रेष्ठ र ३५ वर्षीय याङ्वा शेर्पा छन् ।
उनीहरुबाट १ लाख ८५ हजार १ सय ६० रुपैयाँ बरामद भएको छ । पक्राउ परेकाहरुलाई जुवा खेल्न वा खेलाउन नहुने कसुरमा अनुसन्धान अघि बढाइएको छ ।