ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, २ जना घाइते

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, २ जना घाइते

सोमवार, आषाढ ३१ २०८१
सोमवार, आषाढ ३१ २०८१
  • ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, २ जना घाइते

    काठमाडौं । ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आइतबार बेलुका कालीकोटको रास्कोट नगरपालिका–५, आरसिपी बजार नजिकै फुकोटतर्फ जाँदै गरेको भे२त २६१२ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

    दुर्घटनामा परी मृत्यु हुनेमा चालक चिङ्गाड गाउँपालिका सुर्खेतका २७ वर्षीय वीर परियार रहका छन् । दुर्घटनामा चालकसहित तीन जना व्यक्ति घाइते भएका थिए ।

    उनीहरूलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाँउ लगिएकोमा चालक परियारको सोमबार बिहान मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

    घाइते हुनेमा कालीकोट रास्कोट नगरपालिका–५ का २२ वर्षीय प्रकाश तिरुवा र २२ वर्षीय नम सार्की रहेका छन् । उनीहरूको प्रदेश अस्पतालमै उपचार भइरहेको छ । ट्याक्टर सडकदेखि अन्दाजी एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij