सिमलताल दुर्घटना : धमिलो पानीमा पनि २०० मिटर गहिराइसम्म हेर्न मिल्ने प्रविधि प्रयोग

सिमलताल दुर्घटना : धमिलो पानीमा पनि २०० मिटर गहिराइसम्म हेर्न मिल्ने प्रविधि प्रयोग

सोमवार, आषाढ ३१ २०८१
सोमवार, आषाढ ३१ २०८१
  • सिमलताल दुर्घटना : धमिलो पानीमा पनि २०० मिटर गहिराइसम्म हेर्न मिल्ने प्रविधि प्रयोग

    काठमाडौं । असार २८ गते (शुक्रवार बिहान)देखि त्रिशुलीमा हराइरहेका दुई बस र यात्रुको खोजीका लागि सोमवार बिहानबाट उच्च प्रविधिको सोनार डिभाइस प्रविधि प्रयोग गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, हलचोकबाट आइतवार कुरिनटार लगिएको सो डिभाइसमार्फत खोजीकार्य शुरू गरिएको हो ।

    नेपालमा भएकामध्ये उच्चस्तरको मानिने सोनार डिभाइस आकृतिको रुपमा देखाउने प्रविधि भएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    यसले पानीमुनि साउन्ड वेब पठाइ त्यहाँ रहेका बस्तुहरूलाई स्क्यान गर्ने गर्छ । 

    धमिलो पानीमा पनि काम गर्नसक्ने प्रभावकारी मानिएको यो प्रविधिबाट पानीमा फालिएको साउन्ड वेब तलसम्म रहेका बस्तुसम्म पुगेर स्क्यान गरी आकृतिको रुपमा फिर्ता हुने प्रकारको रहेको बताइएको छ । 

    मोटरबोटमा जडान गरी लामो दूरीको क्षेत्रफलमा पानीमुनि रहेका सम्पूर्ण बस्तुको आकृति कम्प्युटरमा हेर्न सकिन्छ । यो प्रविधिबाट सफलता मिल्ने विश्वास लिएको सशस्त्रले जनाएको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij