एमाले र कांग्रेसबीच मिल्यो मन्त्रालयको भागबन्डा, कुन कसले पाए ?

एमाले र कांग्रेसबीच मिल्यो मन्त्रालयको भागबन्डा, कुन कसले पाए ?

आइतवार, आषाढ ३० २०८१
आइतवार, आषाढ ३० २०८१
  • एमाले र कांग्रेसबीच मिल्यो मन्त्रालयको भागबन्डा, कुन कसले पाए ?

    काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले दुई दलबीच मन्त्रालयको भागबण्डा टुंगो लगाएका छन् ।  कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबिच आइतबार भएको कुराकानीमा मन्त्रालय भागबन्डा टुङ्ग्याइएको हो । 

    एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएको छ ।

    त्यस्तै, नेपाली कांग्रेसले गृह, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, स्वास्थ्य तथा जनसंख्या, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय पाउने भएको छ ।

    बाँकी पाँच मन्त्रालय अन्य साना दललाई राखिएको छ ।कांग्रेस र एमालेबीच मन्त्रालयको भागबन्डा टुंगिएपनि कुन मन्त्रालयमा कसलाई पठाउने भन्ने बारे अझै निर्णय भएको छैन । सोमबार बिहानसम्म मन्त्रीहरुको पनि नाम टुंगो लगाउने दुई दलको तयारी छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij