काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सोमबार हुन लागेको त्रिवि सभा बैठक स्थगित गरेको छ । देशको राजनीतिक परिस्थितिका कारण त्रिवि सभा स्थगित गरिएको त्रिवि रजिस्ट्रारको कार्यालयले जनाएको छ।
कार्यकारी परिषदको निर्णयअनुसार त्रिवि सभा गर्ने प्रस्तावलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार सभा गर्ने स्वीकृत गरेको थियो । तर सरकार परिवर्तनपछि त्रिवि कुलपति एवम् सभा अध्यक्ष नभएकोले सभा स्थगित भएको हो ।
