ललितपुरले हटायो बालकुमारी क्षेत्रको सुकुमबासी बस्ती

ललितपुरले हटायो बालकुमारी क्षेत्रको सुकुमबासी बस्ती

आइतवार, आषाढ ३० २०८१
आइतवार, आषाढ ३० २०८१
  • ललितपुरले हटायो बालकुमारी क्षेत्रको सुकुमबासी बस्ती

    काठमाडौं । ललितपुर महानगरपालिकाले बालकुमारी क्षेत्रको सुकुमबासी बस्ती हटाएको छ । आइतबार विहान महानगरको नगर प्रहरी बलले बालकुमारी क्षेत्रको सुकुमबासी बस्ती हटाएको हो ।

    महानगरले यसभन्दा अघि असार २१ गते सो क्षेत्रका घरहरु ७ दिन भित्र खाली गर्न निर्देशन दिएको थियो । सुकुमबासी बस्ती खाली गराउन पूर्व सूचना दिइए पनि उनीहरूले अटेर गरी बसेकाले नगरप्रहरीले बाध्य भएर बिहान खाली गराएको महानगरले जनाएको छ ।  

    त्यहाँका ९ वटा घर, टहरा निर्माण गरेर बसिरहेका बस्ती हटाइएको छ । उनीहरू करिब २५ वर्षदेखि महानगरको जग्गा हडपेर बसेका थिए ।  

    balkumari sukumbasi basti hatauda.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij