नवलपरासीमा सर्पको टोकाईबाट एक महिलाको मृत्यु

नवलपरासीमा सर्पको टोकाईबाट एक महिलाको मृत्यु

आइतवार, आषाढ ३० २०८१
आइतवार, आषाढ ३० २०८१
  • नवलपरासीमा सर्पको टोकाईबाट एक महिलाको मृत्यु

    काठमाडौं । नवलपरासी प्रतापपुर गाउँपालिका -८ मा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ ।

    आइतबार बिहान अन्दाजी चार बजेतिर प्रतापपुर गापा-८ गंगापुर बस्ने ३२ वर्षीया रुना पाललाई आफ्नै घरमा सुतिरहेको अवस्थामा अचानक नाम नखुलेको सर्पले टोकेको थियो ।

    सर्पको टोकाइपछि बेहोस बनेकी पाललाई उपचारको लागि सर्पदंश त्रिबेणी क्याम्प लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि जिल्ला अस्पताल परासीमा थप उपचार हुँदै गर्दा करिब ९ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएकाे छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij