नारायणीमा भेटिएको अर्को शव पनि सिमलतालमा दुर्घटनामा परेका बसका यात्रुकै

नारायणीमा भेटिएको अर्को शव पनि सिमलतालमा दुर्घटनामा परेका बसका यात्रुकै

आइतवार, आषाढ ३० २०८१
आइतवार, आषाढ ३० २०८१
  • नारायणीमा भेटिएको अर्को शव पनि सिमलतालमा दुर्घटनामा परेका बसका यात्रुकै

    काठमाडौं । गैंडाकोटस्थित नारायणी नदीको बीचमा आइतबार बिहान भेटिएको शव सिमलताल बस दुर्घटनामै परेका व्यक्तिको रहेको खुलेको छ । शव काठमाडौं महानगरपालिका वडा नम्बर-४ बस्दै आएका २९ वर्षीय सज्जात अन्सारीको भएको प्रहरीको भनाइ छ ।

    प्रहरीका अनुसार उनी काठमाडौंबाट वीरगन्जतर्फ आउँदै गरेको एन्जल यातायातको वाग्मती प्रदेश ०३–००६ख १५१६ नम्बरको बसका यात्रु हुन् । उनी भारतीय नागरिक रहेको पनि प्रहरीले जनाएको छ । उनको पर्समा भेटिएको सवारी चालक अनुमतिपत्रबाट सनाखत भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ । 

    काठमाडौंबाट गौरतर्फ गइरहेको वाग्मती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको वाग्मती प्रदेश०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा शनिबार बिहान दुवै बस त्रिशूलीमा बगेका थिए । गौरतर्फ गइरहेको बसमा ३८ जना र काठामाडौंतर्फ गइरहेको बसमा सवार २७ जना बेपत्ता भएका थिए । अहिलेसम्म ५ जनाको शव भेटिएको छ । त्यसमध्ये ४ जनाको सनाखत भएको छ ।

    चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामढी बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको शव भेटिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij