भारतबाट चामल आयात गर्न २० उद्योगले पाए अनुमति

भारतबाट चामल आयात गर्न २० उद्योगले पाए अनुमति

आइतवार, आषाढ ३० २०८१
आइतवार, आषाढ ३० २०८१
  • भारतबाट चामल आयात गर्न २० उद्योगले पाए अनुमति

    काठमाडौं । सरकारले २० वटा फर्म (उद्योग) लाई भारतबाट चामल आयात गर्न अनुमति दिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सूचना जारी गर्दै २० फर्मलाइ अनुमति दिएकाेबारे जानकारी गराएकाे हाे । 

    विभागका अनुसार भारतबाट तोकिएको कोटा बमोजिमको चामल आयात गर्न इच्छुक फर्म तथा कम्पनीसँग ११ असारमा सार्वजनिक सूचना जारी गरिएको थियो ।

    त्यसमध्ये २८ फर्म तथा कम्पनीले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये २० फर्म र कम्पनीको आवेदन स्वीकृत भएको विभागले जनाएको छ । विभागले स्वीकृत फर्म र कम्पनीलाई सम्पर्कमा आउन समेत भनेको छ ।

    विभागका अनुसार सबैभन्दा धेरै बाराको अम्बे किराना भण्डारले ५ हजार ७ सय ६९ टन र सबैभन्दा कम विराटनगरका प्रणाम ट्रेडर्स र विशाल ट्रेडर्सले ३ सय ८५ टन चामल आयात गर्ने अनुमति पाएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij