नारायणी नदी किनारमा भेटिएकाे दुईमध्ये एक शव सिमलतालमा दुर्घटना भएको बसको यात्रु, परिचय पनि खुल्यो

नारायणी नदी किनारमा भेटिएकाे दुईमध्ये एक शव सिमलतालमा दुर्घटना भएको बसको यात्रु, परिचय पनि खुल्यो

शनिवार, आषाढ २९ २०८१
शनिवार, आषाढ २९ २०८१
  • नारायणी नदी किनारमा भेटिएकाे दुईमध्ये एक शव सिमलतालमा दुर्घटना भएको बसको यात्रु, परिचय पनि खुल्यो

    काठमाडौं । पूर्वीनवलपरासीको गैँडाकोटस्थित नारायणी नदी किनारमा भेटिएको दुईमध्ये एक पुरुषको शव चितवनको नारायणजगढ-मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालको पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता पारेको गणपति डिलक्सका यात्रु पुष्टि भएको छ । भेटिएकाेमध्ये एउटा शव सर्लाही बरहथवा नगरपालिका ३ बस्ने वर्ष १९ का रमित कुशर माझीको भएको प्रहरीले जनाएकाे छ । 

    उनका बुवा रविन्द्र कुशर माझीले छोराको पहिचान गरेका हुन् । 

    उनी काठमाडौँबाट गौर जाँदै गरेको प्रदेश ०३ ००१ ख २४९५ नम्बरको गणपति डिलक्समा सवार यात्रु हुन् । गैँडाकोटमै फेला परेको अर्को शवको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    यसअघि आज विहान जिल्लाको भरतपुर महानगरपालिका–२८ गोलाघाटस्थित नारायणी नदी किनारमा सिमलताल पहिरोले बगाएको बसका यात्रु भारतीय नागरिक ऋषिपल साहको शव फेला परेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij