नारायणी नदीमा भारतीय नागरिकको शव फेला, पहिरोमा परेर त्रिशूलीमा खसेको बसका यात्रु हुनसक्ने अनुमान

नारायणी नदीमा भारतीय नागरिकको शव फेला, पहिरोमा परेर त्रिशूलीमा खसेको बसका यात्रु हुनसक्ने अनुमान

शनिवार, आषाढ २९ २०८१
शनिवार, आषाढ २९ २०८१
  • नारायणी नदीमा भारतीय नागरिकको शव फेला, पहिरोमा परेर त्रिशूलीमा खसेको बसका यात्रु हुनसक्ने अनुमान

    काठमाडौं । शुक्रबार नारायणगढ–मुग्लिन सडकअन्तर्गत सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका बस र यात्रू खोज्ने क्रममा एक जना मृत अवस्थामा भेटिएका छन् । नारायणी नदी किनारमा घोप्टो परेको अवस्थामा भारतीय नागरिक ऋषि साहको शव भेटिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । 

    उनको साथमा रहेको रासन कार्डको आधारमा शवको पहिचान गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । शव भेटिएका व्यक्ति सिमलतालमा पहिरामा परेर त्रिशूलीमा खसेको बसका यात्रु हुनसक्ने अनुमान गरिएको छ । पुष्टि गर्न बाँकी छ ।

    भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले त्रिशूलीमा बगाएको थियो ।

    बसमा सवार तीन जना पौडिएर ज्यान जोगाउन सफल भएका थिए । घटनामा ६० जनाभन्दा बढी बेपत्ता भएको अनुमान गरिएको छ ।

    यात्रू खोज्न सशस्त्रका चार, नेपाल प्रहरीको एउटा मोटरबोट, गोताखोर टोलीलगायत परिचालन गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij