शैलुङमा अवरुद्ध विद्युत् सेवा एक हप्ता पछि सञ्चालन

शैलुङमा अवरुद्ध विद्युत् सेवा एक हप्ता पछि सञ्चालन

शनिवार, आषाढ २९ २०८१
शनिवार, आषाढ २९ २०८१
  • शैलुङमा अवरुद्ध विद्युत् सेवा एक हप्ता पछि सञ्चालन

    काठमाडौं ।  रमणीय पर्यटकीय स्थल शैलुङमा अवरुद्ध भएको विद्युत् सेवा एक हप्ता पछि सञ्चालनमा आएको छ ।

    असार २१ गते परेको भीषण वर्षाले रुख र विद्युतका पोल ढलेर अवरुद्ध भएको विद्युत् सेवा स्थानीय समेतको प्रयासमा रुख पन्छाउने, पोल गाड्ने तथा तार तान्ने कार्य पछि शुक्रबारबाट सुचारु भएको छ । दोरम्बा विद्युत् सवस्टेसनले समयमा काम नगर्दा एक हप्तासम्म स्थानीय अन्धकारमा थिए । विद्युत् सेवा अवरुद्ध हुँदा १ सय २० घर बढी उपभोक्ता तथा शैलुङ पुग्ने पर्यटकले समेत समस्या भोगेका थिए ।

    विद्युत् सेवा सुचारु भए पनि शैलुङ जाने सडकको अवस्था अहिले पनि उस्तै छ । सोही वर्षाको कारण बिग्रिएको सडक मर्मत हुन सकेको छैन । सडक मर्मत नहुँदा सदरमुकाम मन्थली तथा काठमाडौंबाट शैलुङको आवागमन बन्द भएको छ ।

    सडक अवरुद्ध हुँदा बिरामीलाई उपचार गर्न लैजान समेत समस्या भएको स्थानीयले बताएका छन् । यसको साथै शैलुङको कृषि उपज पनि स्थानीले बजार र्पुयाउन पाएका छैनन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij