काठमाडौं । नेपालगन्जमा धारिलाे हतियार प्रहारबाट एक जनाकाे मृत्यु भएकाे छ।
गएराति नेपालगन्जकाे टांगा स्टेशननजिक दुई समूहकाे बीचमा भएकाे झगडामा धारिलाे हतियार प्रहारबाट घाइते भएका इरसाद कबाडियाकाे मृत्यु भएकाे बाँके प्रहरीले बताएकाे छ।
कबाडियाकाे उपचारकाे क्रममा भेरी अस्पतालमा मृत्यु भएकाे हाे।
बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डांगीका अनुसार, दुई समूहकाे झगडा मिलाउन गएका कबाडियालाई चाेट लागेकाे थियाे।
प्रहरीले झगडालु टाेलीकाे खाेजी गरिरहेकाे जनाएकाे छ।