पानी भित्र हेर्न मिल्ने ड्रोन क्यामरासहित बस र यात्रुको  खोजी चल्दै

पानी भित्र हेर्न मिल्ने ड्रोन क्यामरासहित बस र यात्रुको  खोजी चल्दै

शनिवार, आषाढ २९ २०८१
शनिवार, आषाढ २९ २०८१
  • पानी भित्र हेर्न मिल्ने ड्रोन क्यामरासहित बस र यात्रुको  खोजी चल्दै

    काठमाडौं ।  त्रिशूली नदीमा  बेपत्ता बस र यात्रुको पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाईपलाइन इन्सपेक्सन सिस्टमसहित खोजी शुरु भएको छ । डुङ्गामा जडान गरेर पानी भित्रको बस्तुहरु हेर्न सोनार क्यामराले सहयोग पुर्‍याउँछ ।

    सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ९ जना गोताखोरसहित २५ जना र नं.१७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित ३५ जनाको सुरक्षाकर्मी खोजीकार्यमा परिचालित भएको छ । साथै नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित रहेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij