थाई गुम्बा पर्खाल भत्किँदा पुरिएकी नाबालिकाको मृत्यु

थाई गुम्बा पर्खाल भत्किँदा पुरिएकी नाबालिकाको मृत्यु

शुक्रवार, आषाढ २८ २०८१
शुक्रवार, आषाढ २८ २०८१
  • थाई गुम्बा पर्खाल भत्किँदा पुरिएकी नाबालिकाको मृत्यु

    काठमाडौं । दक्षिणकाली नगरपालिका–५ डोल्लुस्थित थाई गुम्बा भनिने कर्मास्यामदेलिङ नुनुरी आनी थाई गुम्बाको पर्खाल भत्किँदा घाइते भएकी एक नाबालिकाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा हुनेमा ५ वर्षीया पल्जोम तामाङ छिन् । उनको  दक्षिणकालीकै मनमोहन अस्पतलामा उपचारका क्रममा मृत्यु भएको प्रहरीे जनाएको छ । 

    पल्जोम पर्खाल भत्किँदा पुरिएर बेपत्ता भएकी थिइन् भने प्रहरीले घाइते अवस्थामा उनको उद्दार गरेको थियो ।

    गुम्बाको पर्खाल भत्किँदा ६ जना नाबालिकाहरु पुरिएर घाइते भएका छन् । घाइते हुनेहरूमा १२ वर्षीया पासाङ डोल्मा तामाङ, ११ वर्षीया स्याङ्बो शेर्पा, १० वर्षीया सुनिता तामाङ, ८ वर्षीया ममता तामाङ र ८ वर्षीया मनकुमारी तामाङ रहेका छन् ।  उनीहरुको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको  प्रहरीले जनाएको छ ।

    उनीहरु सबै उक्त गुम्बामा बसेर पढ्दै आएका आनीहरु रहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij