यी हुन् पहिरोमा परेर त्रिशुलीमा खसेको बसमा सवार यात्रुहरू  (सुचीसहित)

यी हुन् पहिरोमा परेर त्रिशुलीमा खसेको बसमा सवार यात्रुहरू  (सुचीसहित)

शुक्रवार, आषाढ २८ २०८१
शुक्रवार, आषाढ २८ २०८१
  • यी हुन् पहिरोमा परेर त्रिशुलीमा खसेको बसमा सवार यात्रुहरू  (सुचीसहित)

    काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले पुरिएर बेपत्ता भएको बसका चालक र केही यात्रुको परिचय खुलेको छ । 
     
    काठमाडौंबाट गौरका लागि छुटेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको एन्जल डिलक्सका दुईवटा बसलाई आज बिहान करिब साढे तीन बजे चितवनको भरतपुर महानगरपालिका–२९ सिमताल भन्ने स्थानमा लेदो माटोसहितको पहिरोले पुरेको थियो ।

    गणपति डिलक्सको बसमा चालक र सहचालकसहित ३१ यात्रु रहेको खुलेको छ । काठमाडौंको नयाँबसपार्कबाट गौर प्रस्थान गरेको ०००१ ख २४९५ नम्बरको बसमा चालक, सहचालक र २७ यात्रु गरी जम्मा २९ जना थिए । दुई जना बीच बाटोबाट चढेका थिए । बस किशोर कुमार चौधरीले चलाएका थिए ।

    सो बसका यात्रुहरुको विवरणमा पूरा नाम र ठेगाना भने लेखिएको छैन । नन्दन दास, राज पटेल, प्रिन्स जैशवाल र ओकिल खाँको नाम मात्र पूरा लेखेको देखिन्छ ।

    यसैगरी नन्दु, अमिता, हरिचन्द्र, शम्भु, नवीन, ओम, राजकिशोर, शैलेन्द्र  लगायतको नामबाट सिट बुक भएको छ ।

    नन्दुको नामबाट ५ जनाको सिट बुक भएको देखिन्छ । यसैगरी शन्तु र नवीनको नामबाट ४ जनाको सिट बुक भएको छ । जोरपाटी काउन्टरका लागि ५ सिट छुट्याइएको छ । जोरपाटीबाट चढेका यात्रुहरुको नाम पनि उल्लेख छैन ।

    ganapati.jpg

    काठमाडौंबाट गौर जाँदै गरेको बसका तीन जना यात्रुहरु भने हामफालेर ज्यान जोगाउन सफल भएका छन् । 

    त्यस्तै, एन्जल डिलक्समा २४ जना यात्रु सवार रहेको थाहा भएको छ । टिकट काउन्टरका कर्मचारीले १७ जनाको नाम र ७ जनाको सङ्ख्या मात्रै इन्ट्री गरेर चढाएको भेटिएको छ । हराएका दुवै बस खोज्न सेना, सशस्त्र र प्रहरी परिचालन गरिएको छ ।

    एन्जल डिलक्स बसका सवार अन्सारी जी र प्रकाश पटेलले २र२ जनाको लागि टिकट काटिएको देखिएको छ भने सन्तोष ठाकुर, सुरेन्द्र शाह, आदित मिया, सुनिल शाह, साहनबाज आलम, अरबिन्द्र दुवे, हरिन्द्र पण्डितको नामबाट १र१ सिट बुक भएको देखिएको छ । 

    त्यस्तै,  सुजित जी, सालिम मिया, रैजुल आलम कोे नाममा २र२ र हृदयनारायण राउतको नाममा ३ जना र परमानन्द जीको नाममा १ सिट बुक भएको देखिएको छ ।  

    chitawan-bus-accident-rescue-4.jpg

    त्यस्तै, राजेन्द्र केसी, डिलक्स साहु, जवाहिर महतो बस चालक र चौधरी थरका सह–चालक रहेको जनाइएको छ ।

     दुवै बसका अन्य यात्रु कहाँबाट थपिए भन्ने खुलेको छैन । दुवै बसमा सवार ६५ जनाको अवस्था अज्ञात छ । बसलाइ पहिरोले बगाउँदै गर्दा तीन यात्रु हामफालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ । त्रिशूली नदीमा बेपत्ता भएका दुई बसको खोजी कार्यका लागि सशस्त्र प्रहरी बलका ७ गोताखोरसहित ७० जनाको टोली खटिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij