नारायणगढ–मुग्लिन सडकमा पहिरोले बगायो दुईवटा बस, अर्को बसमा ढुङ्गा लाग्दा चालकको मृत्यु

नारायणगढ–मुग्लिन सडकमा पहिरोले बगायो दुईवटा बस, अर्को बसमा ढुङ्गा लाग्दा चालकको मृत्यु

शुक्रवार, आषाढ २८ २०८१
शुक्रवार, आषाढ २८ २०८१
  • नारायणगढ–मुग्लिन सडकमा पहिरोले बगायो दुईवटा बस, अर्को बसमा ढुङ्गा लाग्दा चालकको मृत्यु

    काठमाडौं । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरो बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएको छ । ती बसमा चालकसहित झण्डै ६५ जना यात्रु रहेका प्रहरीले जनाएको छ । आज बिहान साढे ३ बजे दुईवटा बस त्रिशूलीमा खसेका हुन् ।

    काठमाडाैंबाट रौतहटको गौरको लागि छुटेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडाैंका लागि छुटेको गरेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् । गौर जाँदै गरेको बसमा ४१ र काठमाडाैं जाँदै गरेको बसमा २४ जना यात्रु रहेका थिए । ती बसमा रहेका यात्रुको यकिन विवरण प्राप्त भइ नसकेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । 

    यसैबीच मुग्लिन–नारायणगढ सडकखण्डकै १७ किलोमा अर्को बसमा पहिरोबाट झरेको ढुङ्गाले लागेर चालकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान तीन बजे पहिरोबाट आएको ढुङ्गाले लागेर बसका चालकको निधन भएको हो ।

    बुटवलबाट काठमाडाैंको लागि छुटेको लु २ ख ६५६६ नम्बरको बसमा ढुङ्गा लाग्दा गम्भीर घाइते भएका चालक नवलपरासीका मेघनाथ विकको उपचारका क्रममा चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा ज्यान गएको हाे । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन भएको छ । पहिरोले कालीखोला, सिमलताल र फिस्लिङमा सडक अवरुद्ध भएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij