पोखरामा पहिरोमा परेर एकैपरिवारका ७ सहित ९ जनाको मृत्यु, दुई घाइते

पोखरामा पहिरोमा परेर एकैपरिवारका ७ सहित ९ जनाको मृत्यु, दुई घाइते

शुक्रवार, आषाढ २८ २०८१
शुक्रवार, आषाढ २८ २०८१
  • पोखरामा पहिरोमा परेर एकैपरिवारका ७ सहित ९ जनाको मृत्यु, दुई घाइते

    काठमाडौं ।  कास्कीको पोखरा महानगरपालिकामा पहिरोले घर पुर्दा सातजनाको मृत्यु भएको छ । बिहीबार राति सवा १० बजेतिर पोखरा- १९ पुरनचौरमा पहिरो जाँदा सातजनाको ज्यान गएको र दुईजना घाइते भएकाे प्रहरीले जनाएकाे हाे । 

    पहिरोमा पुरिएर एकै परिवारका ७ जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ । पहिरोमा पुरिएर  ४७ वर्षीय कुलबहादुर परियार, उनको पत्नी ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षिमा, छोरी १५ वर्षीय प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र तल्लाकोट बस्न राधिका परियारको ज्यान गएको कास्की प्रहरी प्रवक्ता तथा डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

    छोरीज्वाइँसहित सबै परिवार नै घरमा जम्मा भएर बसिरहेका बेला खसेको पहिरोले पुरेको र राधिकाको चाहिँ उद्धार गर्न खटिएकै क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ । 

    यसैगरी पोखरा–३२ मा चैनपुरमा आरती ओझाको घर पहिरोले पुरिँदा १८ वर्षीया अनिता ओझा र ९ वर्षीय प्रतिक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ । ११ वर्षीया अनुस्का ओझा बेपत्ता छिन् ।

    यस्तै मादी गाउँपालिका वडा नम्बर ११ मा पहिरोमा पुरिएर ८० वर्षीया माइतीकुमारी गुरुङ पनि बेपत्ता छिन् । ओमबहादुर गुरुङलाई सकुसल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

    मृत्यु भएका सबैको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि राखिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij