काठमाडौं । जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ । बिहीबार बसेको पार्टी बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।
मधेस प्रदेश सरकारमा नेपाली कांग्रेस र नेकपा (एमाले)ले जनमतको सरकारलाई विश्वासको मत दिएका थिए । सोही कारण केन्द्रमा जनमतले कांग्रेस–एमाले गठबन्धनलाई सहयोग गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री प्रचण्डले भोलि शुक्रबार संसदमा विश्वासको मत माग्ने कार्यसूची छ । जनमत पार्टीको प्रतिनिधिसभामा ६ सांसद छन् ।