काठमाडौं । काभ्रेको नमोबुद्धमा एक पुरूषको कंकाल फेला परेको छ । नमोबुद्ध नगरपालिका–५ बोहरेली जंगलको ढुंगाको ओडारमा मानव कंकाल फेला परेको हो ।
उक्त कंकाल विसं २०८० भदौदेखि सम्पर्कविहीन भएका नमोबुद्ध-४ का ५० वर्षीय खड्गबहादुर श्रेष्ठ भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ ।
बुधबार च्याउ खोज्न जाने क्रममा स्थानीयले कंकाल फेला परेका थिए । त्यसपछि प्रहरीले कंकाल संकलन गरी धुलिखेल अस्पतालमा परीक्षण गराउँदा श्रेष्ठ भएको खुलेको हो ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ ।