बारामा बस दुर्घटना हुँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर

बारामा बस दुर्घटना हुँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर

बिहिवार, आषाढ २७ २०८१
बिहिवार, आषाढ २७ २०८१
  • बारामा बस दुर्घटना हुँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर

    काठमाडौं । पूर्व-पश्चिम लोकमार्गअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिकामा भएको बस दुर्घटनामा १३ जना यात्रु घाइते भएका छन् ।

    बिहान दस बजेको समयमा उपमहानगरपालिका- १६ पसाह पुलभन्दा पूर्व नजिकै ना ४ ख ७१९४ नम्बरको यात्रुबाहक बस दुर्घटनामा पर्दा सोमा सवार १३ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

    मंगलवाबाट वीरगञ्जबाट आउँदै गरेको बस ओभरटेक गर्ने क्रममा सडक किनारमा पल्टेको हो । दुर्घटनामा परी घाइते भएकामध्ये दुइ जनाको अवस्था गम्भीर, तीन जना मध्यम र दस जनाको अवस्था समान्य रहेको छ ।

    घाइतेहरूको सिमर अस्पतालमा उपचार भरहेको बाराका प्रहरीले जनाएकाे छ । बसका सहचालक सिमरा बस्ने राकेश कुमार साहलाई नियन्त्रणमा लिई दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij