हालसम्म देशभर ४२ प्रतिशत रोपाई, कुन प्रदेशमा कति ?

हालसम्म देशभर ४२ प्रतिशत रोपाई, कुन प्रदेशमा कति ?

बिहिवार, आषाढ २७ २०८१
बिहिवार, आषाढ २७ २०८१
  • हालसम्म देशभर ४२ प्रतिशत रोपाई, कुन प्रदेशमा कति ?

    काठमाडौं । हालसम्म देशभर ४२ प्रतिशत मात्रै रोपाई भएको छ । कृषि विभागको पछिल्लो विवरण अनुसार देशभार १३ लाख ९८ हजार २ सय ७३ हेक्टर क्षेत्रफलमा रोपाई हुने अनुमान गरिएको छ । सोमध्ये ५ लाख ९५ हजार १ सय २९ हेक्टर (४२.६ प्रतिशत) रोपाई भएको हो । 

    देशभर चार दिनमा करिब ५६ हजार हेक्टर क्षेत्रफलमा धान रोपाई भएको विभागले जनाएको छ । 

    कुन प्रदेशमा कति ?

    सवैभन्दा धेरै धान रोपाई सुदूरपश्चिम प्रदेशमा भएको छ । १ लाख ७४ हजार ५ सय ७६ हेक्टर धान रोपाई हुने अनुमान गरिएपनि हालसम्म जम्मा ८६.२ प्रतिशत अथात् १ लाख ५० हजार ६२ हेक्टर भएको छ । 

    यस्तै, सबैभन्दा कम मधेस प्रदेशमा धान रोपाई भएको विभागको तथ्याङ्क छ । ३ लाख ८३ हजार १ सय ५० हेक्टरमा धान रोपाई हुने अनुमान गरिएपनि हालसम्म जम्मा २५.५ प्रतिशत अर्थात ९७ हजार ८ सय ५१ हेक्टरमा रोपाई हुन सकेको छ । 

    यसैगरि, कोशी प्रदेशमा २ लाख ७६ हजार ३ सय ८६ हेक्टरमा रोपाई हुने अनुमान गरिएको छ । सोमध्ये हालसम्म ९५ हजार १ सय ७० हेक्टर (३४.४ प्रतिशत) क्षेत्रफलमा मात्रै रोपाई हुन सकेको छ । 

    यस्तै, बागमती प्रदेशमा १ लाख १४ हजार ५ सय ६१ हेक्टर क्षेत्रफलमा धान रोपाई हुने अनुमान गरिएको छ । हालसम्म यस प्रदेशमा ४६ हजार ४४ हेक्टर (४०.२) मा रोपाई भएको छ ।  

    यसैगरि, गण्डकी प्रदेशमा ९६ हजार ५३ हेक्टरमा रोपाई हुने भनेर सरकारी तथ्याङ्क छ । हालसम्म यहाँ ४७ हजार ७ सय ३३ हेक्टर (४९.७ प्रतिशत)  क्षेत्रफलमा रोपाई भएको छ । 

    यस्तै, लुम्बिनी प्रदेशमा ३ लाख ११ लाख ६ सय ४३ हेक्टरमा धान रोपाई हुने अनुमान गरिएको छ । हालसम्म यो प्रदेशमा १ लाख ३८ हजार ३ सय ६४ हेक्टर (४४.४ प्रतिशत ) क्षेत्रफलमा धान रोपाई हुन सकेको छ । 

    यसैगरि, कर्णाली प्रदेशमा ४१ हजार ९ सय ४ हेक्टरमा धान रोपाई हुने अनुमान गरिएको छ । हालसम्म १९ हजार ९ सय ४ हेक्टर (४७.५ प्रतिशत ) क्षेत्रफलमा धान रोपाई भएको विभागको तथ्याङ्क छ । 

    गत वर्ष यसै अवधिमा देशभर ४२ प्रतिशत रोपाई भएको थियो । जसमा १४ लाख ९६ हजार ८ सय ३७ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएकोबाट यो समयमा ६ लाख ४२ हजार २ सय ८४ हेक्टर क्षेत्रफलमा रोपाई भएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij