चितवन । पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना–३ मौवाखोला नजिकै आज बिहान पहिरो खस्दा राजमार्गमा यातायात आवागमन रोकिएको थियो ।
बिहान साढे नौ वजेदेखि पहिरो पन्छाइ एकतर्फी यातायात सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । निरन्तर वर्षा भइरहेकाले पुर्ण रुपमा पहिरो पन्छाउन समस्या भएको जनाइएको छ।