भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा आज बिहान पहिरोे खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । अहिले सडक डिभिजन कार्यालयको ‘स्काभेटर’को प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुुसार पानी परिरहेको र लेदो खसिरहेकाले सडक खुलाउन समस्या भएको छ । सडक अवरुद्ध भएपछि सैयौं सवारी साधन र हजारौं यात्रु बाटोमै अलपत्र परेका छन् ।