पाल्पामा स्कुटर दुर्घटना हुँदा दाजुको मृत्यु, बहिनी गम्भीर घाइते

पाल्पामा स्कुटर दुर्घटना हुँदा दाजुको मृत्यु, बहिनी गम्भीर घाइते

बिहिवार, आषाढ २७ २०८१
बिहिवार, आषाढ २७ २०८१
  • पाल्पामा स्कुटर दुर्घटना हुँदा दाजुको मृत्यु, बहिनी गम्भीर घाइते

    काठमाडौं । पाल्पामा ट्रक र स्कुटी ठोक्किँदा एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी अर्का एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

    बुधबार बेलुका पाल्पाको तिनाउ–३, दोभान नजिकै भएको दुर्घटनामा रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका-४, डिङ्गानगरका २१ वर्षीय विवेक अधिकारी रहेको प्रहरीले जनाएको छ ।

    यस्तै स्कुटरको पछाडि सवारी विवेककी बहिनी १७ वर्षीया रश्मी अधिकारी गम्भीर घाइते भएको पाल्पा प्रहरीले जनाएको छ ।

    बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु ८६ प ६५१ नम्बरको स्कुटरले सोही दिशातर्फ आइरहेको लु २ ख ५३७३ नम्बरको ट्रकलाई उछिन्ने क्रममा ठक्कर खादा दुर्घटना भएको पाल्पा प्रहरीका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

    दुर्घटनामा गम्भीर घाइते भएका विवेकलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।

    घाइते रश्मीको भने उपचार जारी रहेको छ । ट्रकका चालककलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij